सरकारको बजेट भाषणमा सुदूरपश्चिमका के-के कुरा समेटिए ?
ratopati.com · Fri May 29 18:42:07 GMT 2026

धनगढी । नेपाल सरकारले आगामी आर्थिक वर्षको संघीय बजेटमार्फत सुदूरपश्चिम प्रदेशको विकासका लागि योजनाहरू सार्वजनिक गरेको छ । सडक, पर्यटन, ऊर्जा र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राख्दै सरकारले यस प्रदेशका पुराना र नयाँ आयोजनाहरूलाई सम्बोधन गरेको हो ।
सुदूरपश्चिमको पर्यटन क्षेत्रमा सरकारले नयाँ मोडल अघि सारेको छ। रामारोशन, खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा र मालिकार्जुन क्षेत्रलाई समेटेर ‘विशिष्ट पर्यटकीय चतुर्दिक सर्किट’ विकास गरिने भएको छ । यस्तै, खप्तड, रामारोशन, बडीमालिका र बडीनन्दालाई जोड्ने गरी ‘डाँफे रुट’ नामक उच्च पहाडी पदमार्गको विकास गर्ने घोषणा गरिएको छ। साथै, खप्तड–बडीमालिका–शुक्लाफाँटालाई प्रादेशिक कोरिडोरका रूपमा प्रवर्द्धन गर्ने र अपि हिमाल ट्रेकिङ रुटको व्यवस्थापन गर्ने योजना पनि बजेटमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)