बाढीपीडितका लागि ओरिएन्टल इन्स्योरेन्सद्धारा २० लाख सहयोग
annapurnapost.com · Mon Sep 14 13:23:25 GMT 2026

काठमाडौं : ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो। बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको ओरिएन्टल इन्स्योरेन्स कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)