चिनियाँ आपराधिक समूहको जालोमा परेका १३ नेपालीको म्यान्मारबाट उद्धार
ekantipur.com · Fri Mar 22 17:25:47 UTC 2024

काठमाडौँ — चिनियाँ आपराधिक समूहको जालोमा परेर म्यान्मार पुगेका १३ नेपालीको उद्धार गरिएको छ । म्यान्मारको विकट गाउँ पुर्याएर डिजिटल ठगी धन्दामा लगाएकामध्ये ती १३ जनालाई उद्धार गरी शुक्रबार नेपाल ल्याइएको हो ।
चिनियाँ आपराधिक समूहको फन्दामा लामो समयदेखि परेका उनीहरूलाई थाइल्यान्ड र म्यान्मारस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासले राजधानी बैंककबाट करिब ७ सय किलोमिटर टाढा म्यान्मारसँग जोडिएको बोर्डर मेइसोटमा कर्मचारी पठाई १३ नेपालीको जिम्मा लिएको थियो । ‘म्यान्मारको विकट गाउँमा पुगेका ती नेपालीको उद्धार गरी म्यान्मारको म्यावड्डीमा सुरक्षा दिई राखिएको थियो । म्यानपावरको प्रहरीले बोर्डर क्रस गरी थाइल्यान्डको मेइसोटमा पठाइदिएपछि हामीले जिम्मा लिएका हौं,’ थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)