हिरासत छल्न स्वस्थ व्यक्ति अस्पताल बसेको भन्दै गृहमन्त्री रविले थाले छलफल
ratopati.com · Fri Mar 22 17:55:00 UTC 2024

काठमाडौँ । प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन् ।
काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा आमन्त्रण गरी मन्त्री लामिछानेले स्वस्थ व्यक्तिसमेत हिरासत छल्न अस्पतालमा बस्ने प्रवृत्ति रोक्न काउन्सिलबाट सुझाव लिए । उनले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन बेथिति न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)