ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु
gorkhapatraonline.com · Mon Sep 14 13:32:50 GMT 2026

पाँचथरको फिदिम नगरपालिका–१२, नागीनस्थित मिलनचोकमा ट्रयाक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ ।
मे १ त ५९३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा हिलिहाङ गाउपालिका–१, अमरपुरका १८ वर्षीय सहचालक पवन मोतेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।कार्यालयका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णका अनुसार ट्रयाक्टर अनियन्त्रित भएपछि मोते सिटबाट झरेर इन्जिनको बायाँपट्टिको ठूलो चक्कामा पर्नुभएको थियो । चक्काले किचिएपछि उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)