मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेश भ्रमणमै रहेका बेला फेरि श्रम मन्त्री भण्डारीको पद धरापमा !

ratopati.com · Thu Feb 13 19:17:00 GMT 2025

काठमाडौं । झण्डै एक वर्षअघि (२०८० फागुन २१) संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका बेला मन्त्री पद गुमाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई यो पल्ट पनि त्यस्तै आपत आइलाग्ने देखिएको छ ।

त्यो बेला मन्त्री भण्डारी विदेश भ्रमणमा रहेका बेला नेपालमा सत्ता समीकरण परिवर्तन भएसँगै पद गएको थियो । संयोगले यतिबेला पनि उनी युएई भ्रमणमा रहेका बेला पार्टी अध्यक्ष महन्थ ठाकुरले सत्ताबाट बाहिरिने अभिव्यक्तिसहितको विज्ञप्ति जारी गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्धका गतिविधि स्वीकार्य नहुने भन्दै भण्डारीलाई हटाउन सक्ने चेतावनी दिएका छन् । विदेश भ्रमणमा रहेकै बेला मन्त्री भण्डारीको पद फेरि धरापमा परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)