राहदानी छपाइ प्रकरण : महानिर्देशकसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
barnanmedia.com · Mon Jun 22 14:18:19 GMT 2026

राहदानी छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। राहदानी विभाग महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरेको छ ।
अख्तियारले महानिर्देशक अर्याल, निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, उपसचिवहरू राजाराम दाहाल, भेष प्रसाद भुर्तेल, पुस्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाईं, नेपाली सहजकर्ता सिद्धार्थ थापा र मणिन्द्रराज मल्ल लगायत १६ जना व्यक्तिविरुद्ध मुद्दा दायर भएको छ ।
त्यस्तै, दुई कम्पनीलाई पनि यो मुद्दामा अख्तियारले प्रतिवादी बनाएको हो । प्रतिवादीमध्ये १० जना कर्मचारी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग