विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमाननजिक मेस्सी, अस्ट्रियाले देला चुनाैती ?
shilapatra.com · Mon Jun 22 14:25:43 GMT 2026
फिफा विश्वकपअन्तर्गत आज रातिको पहिलो खेलमा अर्जेन्टिना र अस्ट्रिया भिड्दै छन् । समूह जेको यो खेल नेपाली समयअनुसार राति पाैने ११ बजे सुरु हुनेछ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउन सक्ने सम्भावना रहेको यो खेल हेर्न समर्थकहरूले व्यग्र प्रतीक्षा गरिरहेका छन् ।
यसअघि अल्जेरियाविरुद्ध ऐतिहासिक ह्याट्रिक गर्दै मेस्सीले अर्जेन्टिनालाई प्रभावशाली जित दिलाएका थिए भने विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका थिए । विश्वकपमा जर्मनीका मिराेस्लाभ क्लाेज र मेस्सीको गोल समान १६–१६ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)