महाशिलाका पन्ध्र परिवार गाउँ फर्किए
gorkhapatraonline.com · Sat Jun 06 02:08:26 GMT 2026

गाउँ रित्तिँदै जाने तथा खेतीयोग्य जमिन बाँझिने समस्या बढ्दै गएपछि पर्वतको महाशिला गाउँपालिकाले बसाइँसराइ रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्न विशेष अभियान सञ्चालन गरेको छ । ‘गाउँ फर्क प्याराप्यारी’ नाम दिइएको यो कार्यक्रम अन्तर्गत हालसम्म १५ परिवार गाउँ फर्किएका छन् ।
आर्थिक वर्ष २०८१/८२ देखि सुरु गरिएको कार्यक्रममार्फत गाउँ फर्किने प्रत्येक परिवारलाई घर निर्माण वा मर्मतका लागि एक लाख रुपियाँ अनुदान प्रदान गरिन्छ । साथै गाउँमा बसोबास सुरु गरेपछि उत्पादनमुखी गतिविधिबाट आम्दानी हुन समय लाग्ने भएकाले पहिलो छ महिनासम्म आवश्यक खाद्यान्नसमेत उपलब्ध गराइँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं