मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपुरमा ईभी भ्यान दुर्घटना, चालकसहित आठ जना घाइते

nepalpress.com · Mon Jun 22 14:35:35 GMT 2026

काठमाडौँ । नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीस्थित सशस्त्र प्रहरी बल (एपीएफ) क्याम्प नजिक पूर्व–पश्चिम राजमार्गमा आइतबार ईभी भ्यान दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्।

पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बा.प्र.०२–०३ च १२०५ नम्बरको ईभी भ्यान अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)