मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग

barnanmedia.com · Thu Feb 13 21:43:20 GMT 2025

काठमाडौँ, २ फागुन : फिदिम–फालोट सडकअन्तर्गत फेमेखोलामा पुल निर्माण गरिदिन फिदिम नगरपालिकाले माग गरेको छ । गत असोज १२ गते आएको बाढीले पुल बगाएको उक्त स्थानमा ‘बेलिब्रिज’ निर्माण गरी आगामी वर्षायाममा यातायात सञ्चालन गर्न फिदिम नगरपालिकाले माग गरेको हो ।

प्रदेश र सङ्घीय सरकारलाई पटकपटक आग्रह गर्दा पनि पुल निर्माण अघि बढ्न नसकेको नगरप्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो । उक्त स्थानमा बेलिब्रिज निर्माण नभए वर्षायाममा बिरामीलाई अस्पताल पुर्‍याउन बाटो नहुने र प्रभावित क्षेत्रमा खाद्य सङ्कट हुने नगरपालिकाको चिन्ता छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)