मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार

barnanmedia.com · Thu Feb 13 22:03:14 GMT 2025

काठमाडौँ, २ फागुन : मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । माध्यमिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान, नेपाली र गणित विषय शिक्षकको अभाव टार्न मधेस प्रदेश सरकारले तत्काल नै प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभयो ।

“विद्यालयमा पछिल्लो एक दशकभित्र शिक्षकको नयाँ दरबन्दी भएको छैन, यस कारणले थुप्रै सामुदायिक विद्यालय शिक्षक अभाव खेप्दैछन्”, मुख्यमन्त्री सिंहले भन्नुभयो, “यही अभाव तत्कालै पूर्ति गर्न प्रदेश सरकारले स्वयंसेवक शिक्षक परिचालन गर्ने तयारी अघि बढाएको हो ।” यो कामले विद्यालयमा विषयगत शिक्षकको कमीलाई तत्काल परिपूर्ति गर्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)