एकदिवसीय क्रिकेटमा भारतको कीर्तिमानी जित, श्रीलंका ३ सय १७ रनले पराजित
pahilopost.com · Sun Jan 15 17:30:56 GMT 2023
भारतले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा फराकिलो अन्तरको कीर्तिमानी जित निकालेको छ। भारत श्रीलंका सिरिज अन्तर्गतको आज सम्पन्न तेस्रो खेलमा भारतले श्रीलंकामाथि ३ सय १७ रनको कीर्तिमानी जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३९० रनको विशाल स्कोर खडा गरेको थियो। यसक्रममा भारतका दुई ब्याट्सम्यानले शतकीय पारि खेले। पूर्वकप्तान बिराट कोहलीले सर्वाधिक अविजित १६६ रन बनाउँदा शुभमन गिलले ११६ रन बनाए। त्यस्तै कप्तान रोहित शर्माले ४२ रन बनाउँदा कप्तान रोहित शर्माले ४२ रन बनाउँदा श्रेयस ऐय्यरले ३८ रन बनाए। बलिङतर्फ श्रीलंकाका कसुन रजिथा र लाहिरु कुमाराले समान २ विकेट लिँदा छमिका करुनारत्नेले १ विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)