२० वर्षअघिको एक हत्या अभियोगमा दुई जनालाई पक्राउ
barnanmedia.com · Thu Feb 13 22:39:01 GMT 2025

प्रहरीले २० वर्षअघिको एक हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले नवलपरासी कावासोती नगरपालिका–१५ का ७८ वर्षीय कुम्भनारायण महतो थारु र सोही ठाउँका ४५ वर्षीय राजु थारु भन्ने राम नारायण महतोलाई पक्राउ गरेको हो।
२०६० जेठ १५ मा साबिक मानपुर टपरा गाविस–७ सडवा गाउँ हाल राजापुर नगरपालिका–८ का बाँधुराम थारु भन्ने बन्धु थारुको घाँटी रेटी हत्या भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)