मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२८ बिदेशीसहित जनप्रतिनिधिहरु जुटे श्रमदानमा

rajdhanidaily.com · Thu Feb 13 23:25:52 GMT 2025

बिराटनगर । यति बेला मोरङको कानेपोखरी गाउँपालिका १ झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत घर निर्माणले तीव्र पाएको छ। कानेपोखरी गाउँपालिका, ह्याविट्याट फर ह्युमानिटि नेपाल र साहारा नेपाल बीचको त्रिपक्षिय साझेदारीमा निर्माणाधीन ११ वटा आवासमा बाँसको घर निर्माण हुन लागेको हो।

गाउँपालिका अध्यक्ष राजमति इङ्गनामका अनुसार सम्बन्धि प्रविधि, शिप र ज्ञान आदानप्रदान गर्न अमेरिका देशबाट १६ र जापान देशबाट १२ जना आगन्तुक पाहुनाहरुले काम गरिरहेको बताईन्। पाहुनाहरुसंगै अध्यक्ष इङ्गनाम र अन्य जनप्रतिनिधिहरु पनि घर निर्माणमा श्रमदान गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)