बसले मोटरसाइकलाई ठक्कर दिँदा सशस्त्रका सहायक हवल्दारको मृत्यु
annapurnapost.com · Mon Sep 14 13:58:22 GMT 2026

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा सोमबार साँझ सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दार सुदीप खड्काको मृत्यु भएको छ।
कोशी लोकमार्गमा भएको दुर्घटनामा वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो। प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकलमा सवार खड्का पश्चिमबाट पूर्वतर्फ सडक पार गर्ने क्रममा बसको ठक्करमा परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)