बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
ratopati.com · Mon Jun 22 14:54:57 GMT 2026

झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले थप जनशक्ति परिचालन गरेको छ । भारतबाट दर्जनौँको सङ्ख्यामा दिनहुँ भित्रिने जङ्गली हात्तीको बथानले क्षति पुर्याउन थालेपछि जनधनको सुरक्षा गरी हात्ती नियन्त्रण गर्ने उद्देश्यका साथ १० जना सुरक्षाकर्मी रहेको ‘स्पेसल टास्कफोर्स’ परिचालन गरिएको हो ।
‘स्पेशल टास्कफोर्स’ बाहुनडाँगी पठाइसकिएको बताउँदै सशस्त्र प्रहरी बल नेपालको नम्बर २ गणका सूचना अधिकारी सुमन पोखरेलले बाहुनडाँगी सुरक्षा पोस्टमा यसअघिदेखि २० जना सुरक्षाकर्मी रहँदै आएको जानकारी दिए । उनले भने, “अहिले हात्ती नियन्त्रण गर्न भनेर स्पेसल टास्कफोर्सअन्तर्गत १० जना सुरक्षाकर्मी थप गरिएको हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)