मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जन्मजात बच्चामा देखिने थाइराइडको समस्या

setopati.com · Sat Mar 23 00:18:37 UTC 2024

मानव शरीरमा हुने थाइराइड ग्रन्थीले थाइराइड हर्मोन निकाल्छ। नवजात शिशुमा यस हर्मोनको कमी हुनाले मस्तिष्कको विकासमा ठूलो असर पार्छ। यसैकारण संसारका धेरै देशहरूमा रोकथाम गर्न सकिने स्थायी बौद्धिक असक्षमता गराउने पहिलो कारणमा जन्मजात हाइपोथायराइडिज्म पर्दछ।

जन्मजात हाइपोथायराइडिज्म हुने कारणहरूमा थाइराइड ग्रन्थीको अल्पविकास हुनु, ग्रन्थी अन्तै ठाउँमा हुनु वा ग्रन्थी नै नहुनु प्रमुख कारणमा पर्छन् भने अन्य कारणमा थाइराइड ग्रन्थीले निकाल्ने हर्मोन उत्पादनमा कमी हुनु हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)