मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

विश्व बैंकको १७ अर्ब फिर्ता हुँदै 

ekantipur.com · Sat Mar 23 00:39:20 UTC 2024

काठमाडौँ — डेढ वर्ष बितिसक्दा पनि सरकारले डिजिटल नेपाल एक्सलरेसन (डीएनए) परियोजना अन्तर्गतका कुनै पनि कार्यक्रम अघि बढाउन नसकेपछि विश्व बैंक समूहले दिने भनेको १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण फिर्ता हुने भएको छ ।

विश्व बैंकले फागुन २८ मा अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पठाएको पत्रमा यो परियोजना रद्द गरी नयाँ कार्यक्रससहित नयाँ मोडालिटीमा काम गर्ने आशयको प्रस्ताव अघि सारेको छ । यससँगै सञ्चार मन्त्रालयले नयाँ अवधारणाका लागि मस्यौदा तयार गरेको जानकारी दिएको छ भने अर्थ मन्त्रालयले डीएनए प्रोजेक्ट खारेज भएको पुष्टि गरेको छ । विश्व बैंकले डीएनएअन्तर्गतको रकम अन्य देशमा लगानी गर्न लागेको जानकार बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)