मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालयमा बिदा

nagariknews.nagariknetwork.com · Mon Jun 22 15:01:29 GMT 2026

धनगढी उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले यही असार ९ गतेदेखि १२ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

वर्षे तथा हिउँदे बिदाबाट मिलान हुने गरी बिदा व्यवस्था गरिएको उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ । उपमहानगरले शिक्षक, विद्यार्थी र अभिभावकलाई गर्मी एवं लुबाट बच्नका लागि सावधानीका उपायहरु अपनाउनसमेत अनुरोध गरेको छ ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)