ईभी हाइस दुर्घटना आठ घाइते, दुई गम्भीर
hamrakura.com · Mon Jun 22 00:00:00 GMT 2026
मध्यविन्दु । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-१० पितौजीमा आज साँझ ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
पोखराबाट कृष्णनगर कपिलवस्तुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३ च १२०५ नम्बरको विद्युतीय सवारी (इभी) हाइस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनापछि सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थल पुगेर उद्धारकार्य गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)