मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अनलाइन ठगीको शिकार बन्यो आईसीसी, २५ लाख डलर चोरी

ratopati.com · Sat Jan 21 05:49:00 GMT 2023

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग २५ लाख डलर (लगभग साढे ३२ करोड रुपैयाँ) ठगीको मामिला बाहिर आएको छ । यसबारे आईसीसीले आधिकारिक रुपमा केही बताएको छैन । तर, मिडिया रिपोर्टका अनुसार अमेरिकाको ठगले आईसीसीलाई ४ पटक भुक्तानीका लागि इमेल पठाएको थियो र आईसीसीले चारै पटक ठगलाई भुक्तानी गरेको थियो ।

आईसीसीको मुख्यालय दुबईमा छ। उसलाई बिहीबारसम्म पनि आफू अनलाइनमा ठगिएको थाहा थिएन । ठगीको जानकारी प्राप्त हुनासाथ आईसीसीले तुरुन्तै छानबिन सुरु गरेको थियो । अनुसन्धानलाई ध्यानमा राख्दै, आईसीसीले ठगीको बारेमा आधिकारिक बयान जारी गरेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)