मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी, लुम्बिनी र सुदूरपश्चिममा हुरीबतासको सम्भावना

nepallive.com · Sat May 04 00:27:11 UTC 2024

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)