मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

'हामीले सोचेकै थिएनौँ यति धेरै दर्शकले ‘बोक्सीको घर’लाई पर्खिरहेका रहेछन्' (भिडियो)

shilapatra.com · Sat May 04 00:27:38 UTC 2024

यतिखेर नेपाली सिनेमा घरहरू ‘बोक्सीको घर’मय बनेका छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘बोक्सीको घर’ले दर्शकको निकै राम्रो साथ पाउँदा बक्स अफिसमा व्यापार पनि आक्रामक गरिरहेको छ । सन् २०१६ मा मण्डला नाटक घरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित यो सिनेमाले मूलतः अशिक्षित चेतका कारण नेपाली समाजमा स्थापित कुरीतिका कारण सिर्जित परिस्थितिलाई प्रस्तुत गरेको छ । ‘बोक्सीको घर’को परिकल्पनाकार सिनेमामा मुख्य भूमिकामा देखिएकी केकी अधिकारी नै हुन् ।

चलचित्रको परिकल्पनादेखि निर्माण र प्रदर्शन हुनुअघिसम्म ‘बोक्सीको घर’ले दर्शकको यसरी अपार माया पाउँछ भन्ने आफूले नसोचेको उनी सुनाउँछिन् । सिनेमा ‘बोक्सीको घर’ मार्फत आज पनि नेपालको ग्रामीण भेगका किशोरी तथा महिलाले सामाजिक कुरीतिका कारण भोग्नुपरेको दुर्दशाविरुद्ध जनचेतना फैलाउने प्रयास गरेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)