शयन स्थिति हेरेरै थाहा पाउनुहोस् को मान्छे कस्तो ?
khabarhub.com · Sun Jul 04 00:25:59 GMT 2021
यदि हजुर कुनै व्यक्तिको व्यक्तिगत विषयमा जान्न चाहनु हुन्छ भने ऊ सुतिरहेको अवस्थामा लुकेर हेर्नूहोस् कि ऊ कस्तो आसनमा सुतिरहेको छ ? किनकी ओछ्यानमा सुत्ने शैलीले पनि व्यक्तिका आन्तरिक व्यक्तित्वको विषयमा धेरै जानकारीहरु दिन सक्दछ । एक हजार भन्दा धेरै व्यक्तिहरुको संलग्नतामा व्यक्तित्वको र शयन–स्थितिका बारेमा स्कटल्याण्डमा एउटा अध्ययन गरिएको थियो जसले व्यक्तित्व र सुत्ने शैलीका विषयमा धेरै कुराहरुको जानकारी दिन्छ ।
स्कटल्याण्डको ईडीनवर्गमा अवस्थित निन्द्रा सम्बन्धी अध्ययन गर्ने संस्था “स्लिप असेस्मेन्ट एण्ड एडभाईजरी सर्भिसका”, निर्देशक प्रोफेशर क्रिस इजीकोवाक्सीले शयन स्थितिका मुख्य ६ स्थितीहरुको अध्ययन गरेर यी आसनहरु र व्यक्तित्वको अन्तरसम्बन्धलाई प्रष्ट्याउने कोशिस गरेका थिए । प्रोफेशर क्रिसका अनुसार जाग्रत अवस्थामा व्यक्तिको वडी–ल्यांग्वेजले व्यक्तित्वको बारेमा धेरै कुरा बताए पनि चेतना र व्यक्तिगत सजगताको कारणले सूक्ष्म व्यक्तित्वको सबै पक्षहरु नखुल्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)