मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते

ratopati.com · Mon Jun 22 15:10:35 GMT 2026

काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी नजिकै दुर्घटना भएको छ । सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४ च ४८२० नम्बरको कारले सोमबार विपरीत दिशातर्फ जाँदै गरेका चार वटा मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागी ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

घाइतेहरू मध्ये एकजनाको अवस्था गम्भीर छ । कार चालक विराटनगर घर भएर सिनामंगल बस्ने ४५ वर्षीय भीष्म श्रेष्ठलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)