मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महिला हेड मिस्त्रीका पौरख

ekantipur.com · Sat May 04 00:30:36 UTC 2024

लुम्बिनी, सुर्खेत, पोखरा र मकवानपुर — रुपन्देहीको तिलोत्तमा–११ भूपू सैनिक पथको एउटा घरबाट झिसमिसेमै साइकलमा निस्किन्छिन् ४६ वर्षीया फूलमाया विक । उनको परिचय हो, घर बनाउने हेड मिस्त्री । बुधबार फूलमायाको साइकलको ह्यान्डिलमा झुन्डिएको हटकेसमा थियो– सुक्खा रोटी र आलुको भुजिया । बिहान उठेर घरको सारा काम सकिवरी परिवारका सदस्यलाई चिया दिएपछि उनी घरबाट निस्किएकी हुन् । कहिलेकाहीं त यति हतार भइदिन्छ, सुक्खा रोटी र टमाटरको चटनीसँग भोक मार्नुपर्छ ।

निर्माण क्षेत्रमा महिलाहरू धेरैजसो सामान्य श्रमिक र ज्यामीको भूमिकामा मात्र हुन्छन् । तर फूलमाया घर निर्माणको ठेक्का लिन्छिन्, आफैंले कामदार खोज्छिन्, उस्तै परे घर बनाउने सरसामानको जोहो पनि गर्छिन् र आफैं कस्सिएर घरै बनाई दिन्छिन् । उनी ठेकेदार र हेड मिस्त्री दुवै हुन् । पछिल्ला केही महिनायता उनी घरबाट झन्डै ५ किमि दूरीमा रहेको निर्माणस्थलसम्म धाइरहेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)