मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ८१ दशमलव ८४ प्रतिशतले बढे
lokaantar.com

मुस्ताङ आउने विदेशी पर्यटक बढेका छन् । गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ८१ दशमलव ८४ प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
कार्यालयका अनुसार चालु आवको जेठसम्म मुस्ताङमा दुई लाख ४४ हजार ८८० विदेशी पर्यटकले भ्रमण गरेका छन् भने गत आवको सोही अवधिमा एक लाख ३४ हजार ६६४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)