लागूऔषध खैरौ हेरोइनसहित ४ जना पक्राउ
annapurnapost.com · Mon Sep 14 14:26:02 GMT 2026

काठमाडौं : लागूऔषध खैरौ हेरोइनसहित काठमाडौंबाट ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–११ घर भई काठमाडौंकोको लिगमार्ग बस्ने २७ वर्षीय विपिन श्रेष्ठ, धादिङको सिद्धलेक गाउँपालिका–३ घर भई काठमाडौंको वनस्थली बस्ने २० वर्षीय प्रकाश गैरे, लमजुङको राइनास गाउँपालिका–६ घर भई काठमाडौंको जोरपाटी बस्ने २९ वर्षीय युसुद मिया र चितवनको भरतपुर महानगरपालिका–१६ घर भई काठमाडौंको ओमबहाल बस्ने ३१ वर्षीय मोहमद गुफरान रहेका छन्।
लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)