३६ वर्षपछि मोरोक्को विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश
shilapatra.com · Thu Dec 01 16:54:00 GMT 2022
मोरोक्को ३६ वर्षपछि विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको समूह ‘एफ’ को आफ्नो अन्तिम खेलमा क्यानडालाई २–१ ले पराजित गर्दै मोरोक्को समूह विजेता बनेर विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो ।
कतारको अल थुमामा रंगशालामा मोरोक्कोलाई जिताउन हाकिम जियच र युसेफ इन नेसिरीले गोल गरे । खेलको चौथो मिनेटमा हाकिम जियचले गोल गर्दै मोरोक्कोलाई १–० को अग्रता दिलाए । एक खेलअघि नै विश्वकपबाट बाहिरिसकेको क्यानडा खेलको सुरुमै गोल खाएपछि दबाबमा आएको थियो । खेलको २३औँ मिनेटमा युसेफ इन नेसिरीले गोल गरेपछि मोरोक्कोले २–० को अग्रता बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)