चलचित्र ‘मदनकृष्ण’ बन्ने
nepalnews.com · Mon Jun 22 15:32:16 GMT 2026

काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ। काठमाडौँमा आज (सोमबार) चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको हो।
चलचित्रको औपचारिक शुभारम्भ मदनकृष्ण र उनका हितैषी कलाकार हरिवंश आचार्यले संयुक्त रूपमा गरे। मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह-अवरोहलाई समेटेर बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माण हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
दिनेश डिसी
काठमाडौँ