८० जना नेता कार्यकर्ता भएका ठाउँबाट पक्राउ परेका थिए पौडेल
nagariknews.nagariknetwork.com · Mon Jun 22 15:22:44 GMT 2026

वीरेन्द्रनगरस्थित शुभ होटलमा नेकपा एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा सुझाव संकलनका लागि एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलसहितका नेताहरु आइतबार सुर्खेत आइपुगेका थिए ।
सोमबार शुभ होटलमा कार्यक्रम चलिरहेका बेला जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेल आफै बेलुका पाँच बजेतिर पौडेललाई पक्रउ गर्न पुगेका थिए । एसपी पोखरेलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा पौडेललाई पक्राउ गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)