मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गैँडाकोटमा हाइस दुर्घटना हुँदा आठ जना घाइते, दुईको अवस्था गम्भीर

barnanmedia.com · Mon Jun 22 15:24:37 GMT 2026

मध्यविन्दु (नवलपरासी) पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० पितौजीमा आज साँझ इभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

पोखराबाट कृष्णनगर कपिल्बस्तुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३ च १२०५ नम्बरको विद्युतीय सवारी (इभी) हाइस अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनापछि सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थल पुगेर उद्धारकार्य गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)