ओलम्पियाडमा नेपाली बुद्धिचाल खेलाडीको परीक्षा
rajdhanidaily.com · Mon Sep 14 14:40:58 GMT 2026
उज्बेकिस्तानमा सेप्टेम्बर १५ देखि २७ सम्म आयोजना भइरहेको ४६ औँ फिडे चेस ओलम्पियाडमा नेपाली टोलीले सहभागिता जनाउँदै छ। विश्वकप मानिने यस प्रतिष्ठित प्रतियोगितामा नेपालले पुरुष र महिला दुवै विधामा पाँच-पाँच जना खेलाडीहरू पठाएको छ।
खुलातर्फ २०८ र महिलातर्फ १९० भन्दा बढी देशहरूले सहभागिता रहने यस महाकुम्भमा नेपालले समूह ‘डी’ मा प्रतिस्पर्धा गर्दैछ । नेपालले पदक वा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । दुई वर्षअघि २०२४ मा हंगेरीको बुढापेस्टमा भएको ४५ औं ओलम्पियाडमा भिसा समस्याका कारण नेपाली टोलीले अन्तिम समयमा भाग लिन पाएका थिएनन्। त्यसैले यो पटकको सहभागिता नेपाली खेलाडीहरूको लागि उत्साहजनक रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)