मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगर महानगर पालिकाको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की विजयी

nepallive.com · Fri May 20 23:13:00 GMT 2022

काठमाडौं— विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नागेश कोइराला विजयी भएका छन्। एमालेले उपमेयरसहित धेरै वडामा विजय हासिल गरेको छ।

मेयरमा कोइरालाले ३० हजार १७० मत पाए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत पाए। जसपा छाडेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ८ हजार ७९५ मत पाए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)