एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
ratopati.com · Mon Jun 22 15:44:01 GMT 2026

काठमाडौँ । नेकपा एमालेले जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीलाई भव्य रूपमा मनाउने भएको छ । सो उद्देश्यसहित एमाले निकट २४ वटा जनसङ्गठनहरूको आज काठमाडौँमा भेला सम्पन्न भएको छ।
भेलाले असार १४ गते देशभर विविध कार्यक्रमका साथ जन्म जयन्तीलाई व्यापक रूपमा मनाउने निर्णय गरेको हो। जनसङ्गठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त भेलामा नेताहरूले यस वर्षको जन्म जयन्तीलाई रचनात्मक, वैचारिक तथा सङ्गठनात्मक अभियानका रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)