मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आमा जिराफको लात

nayapatrikadaily.com · Mon Apr 01 00:20:00 UTC 2024

कक्षा ६ मा पढ्ने बालबालिका राष्ट्रिय निकुञ्जको शैक्षिक भ्रमणमा थिए । जंगलमा उनीहरूले एउटा पोथी जिराफले बच्चा जन्माउँदै गरेको दुर्लभ दृश्य देखे । उनीहरूको गाडी झाडीबीच रोकियो । सबै उत्सुकतापूर्वक सो दृश्य हेर्न लागे । पोथी जिराफ निकै अग्लो थियो । जन्म लिँदै गर्दा उसको बच्चा लगभग १० फिटको उचाइबाट जमिनमा फ्यात्त खस्यो ।

खस्नासाथ उसले आफू आमाको काखमै भएजस्तो गरी आफ्ना खुट्टा खुम्च्यायो । बच्चालाई जन्म दिइसकेपछि आमा जिराफ बच्चालाई हेर्न थाल्यो । विद्यार्थीहरू पनि बडो उत्सुकतापूर्वक त्यतै हेर्दै थिए । अचानक आमा जिराफले बच्चालाई जोडले एक लात हिर्कायो । बच्चा जिराफ बसिरहेको स्थानबाट एक बल्ढ्याङ पल्टियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)