मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

abhiyandaily.com

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । चुनावमा सत्ता गठबन्धनलाई असहयोग गरेको आरोपमा मन्त्री खड्कालाई मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेका हुन् ।

प्रदेश सरकारमा रहँदा मुख्यमन्त्री पोखरेल र मन्त्री खड्काबीच राम्रो सम्बन्ध थिएन । मुख्यमन्त्री पोखरेलले कार्यकाल सकिन एक हप्तामात्र बाँकी रहेको अवस्थामा गठबन्धनलाई असहयोग गरेको भन्दै खड्कालाई हटाएको आरोप लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)