दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता
nagariknews.nagariknetwork.com · Mon Jun 22 15:41:45 GMT 2026

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । हालसम्म लालीगुराँस सहकारीको ३०८ जनाको बचत फिर्ता गरेको समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)