उपभोक्ता मूल्य सूचकांक संकलन राष्ट्रिय तथ्यांक कार्यालयले गर्ने
nepalnews.com · Mon Jun 22 15:56:03 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले देशव्यापी रूपमा संकलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्यांक कार्यालयले संकलन गर्ने भएको छ। मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भक्ता समायेजन, जीवनयापन लागत मापन गर्न उक्त विवरण महत्त्वपूर्ण रहँदै आएको छ।
केन्द्रीय बैंकले नियमित रूपमा उपभोक्ता मूल्य सूचकांक तथा मुद्रास्फीतिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको छ। राष्ट्रिय तथ्यांक परिषद्को आजको बैठकले राष्ट्रिय तथ्यांक कार्यालयलाई नै उक्त जिम्मेवारी प्रदान गरेको प्रमुख तथ्यांक अधिकारी डा. कमलप्रसाद पोख्रेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)