भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत
lokaantar.com

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु पाँच अर्ब ५१ करोड ७० लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले आज उक्त बजेट सार्वजनिक गरे ।
महानगरले आगामी आवको बजेटमा अन्तर सरकार वित्तीय हस्तान्तरणबाट (सङ्घ र प्रदेशतर्फ) रु दुई अर्ब १७ करोड ७३ लाख ९८ हजार, सङ्घ राजश्व बाँडफाँटबाट रु ३३ करोड १२ लाख ६४ हजार, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु १३ करोड ४० लाख ६१ हजार, नगर विकास कोषबाट रु चार करोड, जनसहभागिताबाट रु तीन करोड, बैंक मौज्दात रु ७४ करोड ५० लाख, सडक बोर्ड नेपालबाट रु एक करोड ९३ लाख रहने अनुमान गरेको छ । महानगरले चालु आर्थिक वर्षको बजेट रु पाँच अर्ब २२ करोडको बजेट ल्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)