मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री बन्ने कुराले पुराना पार्टी सङ्कटमाः महामन्त्री थापा

nepaltvonline.com · Sat Jul 01 23:46:48 GMT 2023

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बदलिन कांग्रेस बदलिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको ‘प्रथम काठमाडौँ सम्मेलन’ लाई उद्घाटन गर्दै उहाँले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको उल्लेख गर्नुभयो ।

“एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री बन्ने कुराले आज एकसाथ कांग्रेस, एमाले, माओवादी जस्ता पुराना पार्टी सङ्कटमा परेका छन्, जनताले नयाँ खोजेकाले यसलाई रुपान्तरण गर्न जरुरी छ”, उहाँले भन्नुभयो । प्रजातन्त्रमा एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री हुने देश कुनै नभएको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)