पुँजीगत खर्च गर्न नसक्नुका समस्या
karobardaily.com · Tue Jul 06 00:36:46 GMT 2021
आर्थिक वर्ष सकिन केही दिनमात्र बाँकी रहँदा यस वर्ष पनि जम्मा ४७ प्रतिशतको हाराहारीमा मात्र पुँजीगत खर्च भएको छ । नेपालमा पुँजीगत बजेट खर्च गर्न नसक्नु विगतदेखिकै एउटा ठूलो समस्या हो । त्यो समस्या अहिले एउटा संस्कारको रूपमा विकसित भइरहेको छ । पुँजी निर्माणको आधार मानिने पुँजीगत रकम समयमा खर्च गर्न नसक्दा आयोजनाहरू लम्बिने तथा आयोजना सम्पन्न गर्न दोब्बर रकम खर्च हुने गरेको छ । बजेट निर्माण गर्दा नै आयोजनाहरूको पूर्वतयारी नहुनु, जग्गा प्राप्तिमा समस्या आउनु, निर्णय प्रक्रियामा ढिलाइ हुनु, भ्रष्टाचार, राजनीतिक दबाब तथा निर्माण सामग्रीको अभावका कारण बजेट खर्च नहुने गरेको पाइएको छ । भएको अधिकांश खर्च पनि असार महिनामा हुने गरेको पाइन्छ । यसरी असार महिनामा बजेट खर्च हुँदा एक त त्यसको पारदर्शिताको विषयमा प्रश्न उठ्छ भने अर्को गुणस्तरीयतामा । हिजोआज भर्खर निर्माण हुँदै गरेका वा निर्माण सम्पन्न भएका पुलहरू भत्किए भन्ने समाचारहरू सुनिन्छ । यसले पनि एक त बजेट नै खर्च नहुने र भएको खर्च पनि कसरी गरिँदै छ भन्ने विषयमा ठूलो प्रश्न चिह्न खडा गरेको छ । समग्र बजेटको खर्च नहुने अवस्था र भएको खर्च पनि असारे विकासको रूपमा केन्द्रित हुनु पछाडिको कारण र परिणामका विषयमा कारोबारकर्मी सुमित सुवेदी ले अर्थविद्हरूसँग गरेको कुराकानीको सार :
आयोजना कार्यान्वयनमा ढिलाइ हुनुका पछाडि भ्रष्टाचार पनि जोडिएको छ
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)