वसन्त थापाको ‘एउटा औसत जिन्दगी’ मा के छ ?
kalakarmi.com · Mon Jun 22 16:05:44 GMT 2026

काठमाडौं– लेखक वसन्त थापाको संस्मरणात्मक कृति ‘एउटा औसत जिन्दगी’ सार्वजनिक गरिएको छ । काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण श्रेष्ठ कक्षमा आयोजित समारोहमा पुस्तक लोकार्पण गरिएको हो । लेखक वसन्त थापा, खगेन्द्र संग्रौला, हरि शर्मा तथा थापाका नाति–नातिनीहरूले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका थिए ।
संग्रौलाले पुस्तकमा संग्रहित ‘म किन लेखक होइन’ शीर्षकको लेखको प्रसङ्ग उठाउँदै दर्जनौँ निवन्ध र कृति प्रकाशित गरिसकेका व्यक्तिले आफूलाई लेखक नभन्नु कत्तिको उचित हो भन्ने प्रश्न गरेका थिए । जवाफमा थापाले आख्यान विधामा कलम नचलाएकाले आफूलाई लेखकको परिभाषाभित्र राख्न सङ्कोच हुने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ