मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोले अवरुद्ध बन्यो खाँदबारी–किमाथाङ्का सडकखण्ड

lokaantar.com

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । उत्तर–दक्षिण कोशी सडकखण्डको भोटखोला गाउँपालिका–३ स्याबुङमा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का खण्डको छोङराङ क्षेत्रमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले गएरातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार पहिरोका कारण उक्त क्षेत्रमा यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)