विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
ratopati.com · Mon Jun 22 16:18:31 GMT 2026

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने भएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट प्रहरीले पक्राउ गरेपछि एमाले नेताहरूले त्यसको विरोध गर्दै राजनीतिक प्रतिवाद गर्ने बताएका हुन् । एमालेले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टण्ट भनेको छ ।
एमाले महासचिव शङ्कर पोखरेलले पौडेलको पक्राउपछि कुनै पनि विषयमा पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, तथ्य र प्रमाण सङ्कलन गर्ने र अभियोजन (मुद्दा दायर) पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने प्रक्रिया नै न्यायसम्मत हुन्छ भन्ने मान्यताविपरित उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गरिएको बताएका छन् । उनले पार्टी कार्यक्रममा सहभागी हुन सुर्खेत आएका वेला नियोजित रूपमा नेता पौडेललाई नियन्त्रणमा लिने काम भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)