महाधिवेशनमा रास्वपाले बोलाएका पाहुनाबारे खगेन्द्र सुनारको ‘छुद्र’ टिप्पणी
nepalpress.com · Mon Jun 22 16:20:35 GMT 2026

चितवन । एकपछि अर्को विवादित अभिव्यक्ति दिँदै आएका रास्वपाका सांसद खगेन्द्र सुनारले आज पनि त्यसलाई निरन्तरता दिएका छन् । चितवनमा जारी महाधिवेशनमा हिजोको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका अतिथिलाई लिएर उनले ‘छुद्र’ टिप्पणी गरेका हुन् ।
सुनारले आज पत्रकारमाझ रास्वपाको निम्तो मान्न आएका राजनीतिक दलका प्रतिनिधिलाई हाक्काहाक्की भ्रष्टाचारी र आतङ्ककारीसमेत भन्न भ्याए ।उनले भने, ‘रवि दाइले हिजो चाहिँ उहाँहरुलाई बोलाएर स्टेजमा किन राखेको भने अन्तिम पटक भ्रष्टाचारी, आतङ्ककारीहरुको अनुहार कार्यकर्ता साथीभाइले हेरुन्, यिनीहरुलाई अब तह लगाउनु पर्ने यति बाँकी छन् भनेर चाहिँ उहाँले देखाइदिनु भएको हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)