प्रदेश १ लाई खेलकुद हबका रुपमा विकास गरिन्छः मुख्यमन्त्री राई
deshsanchar.com · Thu Mar 25 16:15:55 GMT 2021
मोरङ– काठमाडौँमा हुने सुपर लिग फुटबल प्रतियोगितामा सहभागी विराटनगर सिटी फुटबल क्लबको उद्घाटन गरिएको छ। बिहीबार विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले औपचारिक रुपमा क्लबको लोगोसहित उद्घाटन गरेका हुन्।
मुख्यमन्त्री राईले लिगसहित क्लबबाट खेलाडीले व्यवसायिकता पाउने विश्वास व्यक्त गरे। प्रदेश १ खेलकुदको हबका रुपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकार अघि बढेको बताउँदै मुख्यमन्त्री राईले खेलकुदको खानीको रुपमा प्रदेशलाई चिनाउन सरकार अग्रसर रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)