सिमकोट–हिल्सा सडकमा ग्राभेल गर्ने कार्य तीव्र
deshsanchar.com · Fri Feb 14 17:08:05 GMT 2025

सिमकोट – हिमाली जिल्ला हुम्लाको सिमकोट हिल्सा सडकमा ग्राभेल गर्ने कार्य धमाधम भइरहेको छ। सडकको स्तरोन्नतीको कार्य सम्पन्न भएपछि हाल सडकमा ग्राभेल भइरहेको हो।
हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेल बहादुर नेपालीले सिमकोट हिल्सा सडकको तीन स्थान चार स्थान मध्य एउटा खण्डको सडकमा ग्राभेल गर्ने कार्यले तिब्रता पाएको बताए। सिमकोट हिल्सा सडक सडक ९५ किलो मिटर लम्बाई रहेको छ। उनले स्तरोन्नतीको कार्य सम्पन्न भएपछि यतिबेला सडकमा ग्राभेल बिच्छ्याएर रोलर लगाउने कार्यले गति लिएको बताए। हाल ग्राभेल भई रहेको सिमकोट हिल्सा सडकको खण्डमा ताग्रु हेक्पा खोलादेखि हेक्पा खोला खण्डको सडक रहेको छ। यो खण्डको दश किलो मिटर सडकमा ग्राभेल गर्ने कार्य अन्तिम चरणमा पुगेका छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)