न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलिया बन्यो नयाँ टी-२० विश्वकप च्याम्पियन
nepalpress.com · Sun Nov 14 17:28:50 GMT 2021
काठमाडौं । न्युजिल्यान्डलाई फाइनलमा ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियाले १ सय ७३ रनको लक्ष्य पाएको थियो ।
कप्तान केन विलियमसनको ८५ रनको अर्धशतकीय इनिङ प्रेरित न्युजिल्यान्डले पहिलो इनिङमा १ सय ७२ रनको योगफल तयार गरेको थियो । यद्यपि, अस्ट्रेलियालाई पराजित गर्नका लागि भने त्यो योगफल पर्याप्त भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)